३ जेष्ठ २०८१, बिहिबार

विप्लवको समूहबाट सरकारसँग वार्ता गर्न प्रकाण्डसहित २ सदस्यीय टोली गठन


खड्गबहादुर विश्वकर्मा

काठमाडौं । विप्लव समूहले सरकारसँग वार्ताका लागि वार्ता टोली बनाएको छ । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली बनाएको छ । वार्ता टोलीमा दिपक चलाउने सदस्य छन् ।

सरकारले विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न दुई सदस्यीय वार्ता समिति गठन गरिसकेको छ । सरकारको तर्फवाट वार्ता समितिका संयाेजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रहेका छन् भने सदस्यमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !