१३ आश्विन २०८१, आइतबार

प्रदेश २, ५, ६ र ७ को प्रदेशसभाको पहिलो बैठक आज


प्रदेशसभा

२१ माघ, काठमाण्डौ । प्रदेश नम्बर २, ५, ६ र ७ गरी चारवटा प्रदेशसभाको पहिलो बैठक आज बस्दैछ । यसअघि १८ माघमा प्रदेश ३ को पहिलो बैठक बसिसकेको छ । प्रदेश १ र ४ को बैठक बस्न बाँकी छ ।

बैठकको लागि प्रदेश सांसदहरु प्रदेश राजधानी पुगिसकेका छन् । आइतबार बस्ने बैठकको लागि प्रदेश संसद्को कार्यसूची पनि बनाइएको छ । प्रदेश २ को पहिलो प्रदेशसभा बैठक दिउँसो १ बजे अस्थायी राजधानी जनकपुरमा बस्दैछ । शैक्षिक तालिम केन्द्रको भवनमा बस्ने बैठकको अध्यक्षता जेष्ठ सदस्य लगनलाल चौधरीले गर्नेछन् ।

प्रदेश नम्बर ५ को पहिलो प्रदेशसभाको बैठक अस्थायी राजधानी रूपन्देहीको बुटवलमा बस्दैछ । संघीय संसद् सचिवालयका सहसचिव सुरेन्द्र अर्यालका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठक संसद् भवन खयरघारीमा बस्नेछ।

प्रदेश ६ को प्रदेशसभाको पहिलो बैठक पनि दिउँसो १ बजेलाई बोलाइएको छ । पहिलो संसद् बैठकमा वैठक सञ्चालन कार्यविधि, सभामुखको निर्वाचनको मिति तोक्ने र दलका सांसदहरुले भनाइ राख्ने कार्यसूची रहेको संसद् सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेश ७ को पहिलो प्रदेशसभाको बैठक अस्थायी राजधानी कैलालीको धनगढीमा बस्दैछ । बैठक दिउँसो १ बजेनै जिल्ला समन्वय समितिको सभाकक्षमा बस्ने तयारी गरिएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले शनिबार सर्वदलीय बैठक बोलाएर बैठकको एजेण्डा तय गरेका छन् । हामीले यो समाचार थाहा खबरवाट लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !