७ बैशाख २०८१, शुक्रबार

राप्रपाको महाधिवेशन आउने बैशाख २५ देखि हुने, को बन्लान् अध्यक्ष ?


राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आउने बैशाख २५ देखि काठमाण्डौमा पार्टीको महाधिवेशन हुने भएको छ । पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनको तयारीमा जुटेको बताएका छन् ।

अध्यक्ष कमल थापाले लेखेका छन्, ‘राप्रपा अब २०७८ बैशाख २५ देखि काठमाण्डौमा हुने पार्टीको महाधिवेशनको तयारीमा जुटेको छ। निर्धारित तालिका अनुसार कार्य सम्पन्न गर्न गराउन पार्टीका सबैतहका निकायहरूलाई आग्रह गर्दछु।’

राप्रपाले प्रेस विज्ञप्ति निकाल्दै आउने बैशखमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !