३० कार्तिक २०८१, शुक्रबार

प्रचण्ड-माधवले प्रधानमन्त्रीलाई गलत्याएर हटाउने कुन संस्कार हो ? म राजीनामा पत्र लेख्दिन : ओली


केपी शर्मा ओली File Photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सर्वोच्च अदालतले प्रधानमन्त्रीबाट राजीनामा देउ नभनेको बताएका छन् । ओलीले सर्वोच्च अदालतले प्रधानमन्त्रीबाट राजीनामा देउ नभनेको र प्रचण्ड-माधव जस्ता केहि व्यक्तिले भन्दैमा आफु राजिनामा नदिने बताए।

हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा ‘राजीनामा पत्र खल्तीमै छ ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओली ‘राजीनामा अं भन्दै केहीबेर रोकिए । उनले अघि भने, ‘पत्र चाहीँ म लेख्दिनँ । मैले लेख्नुपर्ने अवस्था होइन, छैन ।’

ओलीले आफुलाई गलत्याएर प्रधानमत्री पदवाट हटाउन खोजेको भन्दै दु:ख व्यक्त गरे। प्रधानमन्त्री जस्तो व्यक्तिलाई गलत्याएर हटाउने कुन संस्कार हो भन्दै प्रश्न गए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !