काठमाडौँ । बरिष्ट लेखक, साहित्यकार तथा विश्लेषक खगेन्द्र संग्रौलाले वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, दीनानाथ शर्मा, रामनारायण बिडारी आदि कुन याेग्यता, नैतिकता र विधिका आधारमा राष्ट्रियसभाका सदस्य बने ? भनेर गम्भिर प्रश्न उठाएका छन् ।
सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले रघुजी पन्तले काेमल वलीकाे शरीर माथि गरेको नरीद्वेषी टिप्पणी निःसन्देह निन्दनीय भनेका छन् । उनले तर काेमल वली मात्र हाेइन, वामदेव गाैतम, नारायणकाजी श्रेष्ठ, दीनानाथ शर्मा, रामनारायण बिडारी आदि कुन याेग्यता, नैतिकता र विधिका आधारमा राष्ट्रियसभाका सदस्य बनेका हुन् भनी साेध्न चाहि पाइन्छ है, मान्यवर भने व्यङ्ग गरेका छन् ।
रघुजी पन्तकाे काेमल अाेलीकाे शरीरमाथिकाे नरीद्वेषी टिप्पणी निःसन्देह निन्दनीय छ।तर काेमल अाेलीमात्र हाेइन,वामदेव गाैतम,नारायणकाजी श्रेष्ठ,दीनानाथ शर्मा,रामनारायण बिडारी अादि कुन याेग्यता,नैतिकता र विधिका अाधारमा राष्ट्रिय सभाका सदस्य बनेका हुन् भनी साेध्नचैँ पाइन्छ है,मान्यवर।
— Khagendra Sangroula (@belakoboli) February 28, 2021