११ बैशाख २०८१, मंगलबार

सांसदको टाउको गन्ने र सरकार बनाउने खेलतिर लाग्नु विडम्बनापूर्ण छ : डा. बाबुराम भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सांसदको टाउको गन्ने र सरकार बनाउने खेलतिर लाग्नु विडम्बनापूर्ण भएको बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘उनले आइन्सटाइन भन्थे-पुरानै कुरा दोहोर्याउनु अनि नयाॅ परिणाम खोज्नु पागलपन हो!संसद पुनर्स्थापनापछि देशमा एक पक्ष अनेक बहाना गरेर संसद विघटनतिर लान खोज्नु र अर्को पक्ष विगतको कुनै समीक्षा नगरी सांसदको टाउको गन्ने र सरकार बनाउने खेलतिर लाग्नु विडम्बनापूर्ण छ ! सबैले आत्मसमीक्षा गर्ने कि ?’

भट्टराई अहिले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंकामा उपचारका लागि दिल्लीमा छन् । उनको दिल्लीको ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उपचार हुँदैछ । उपचारका क्रममा उनीसँग उनकी पत्नी हिसिला यमी र पाण्डे नयाँ दिल्लीमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !