९ असार २०८१, आइतबार

सांसद यादवद्वारा आगलागीका मृतक परिवारलाई एक लाख सहयोग


pradip yaadav helps death family

१९ माघ, वीरगञ्ज । सांसद प्रदीप यादवले वीरगञ्जमा गत पुस ५ गते सुपर ग्यास उद्योग आगलागी हुदा लागिवाट ज्यान गुमाउनेको परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

आगलागीका क्रममा मृत्यु भएका वीरगञ्ज महानगरपालिका कार्यालयका बारुणयन्त्र शाखाका ३ जना कर्मचारीका परिवारलाई सहयोग हस्तान्तरण गरिएको वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जानकारी दिए ।

अत्यन्त दुखद रहेको भन्दै सांसद यादवले घटना पीडित परिवारको घाउमा मल्हम लगाउने प्रयास गरेको बताए । ‘मैले गरेको सहयोगले क्षतिको परिपूर्ति हुन त सक्दैन, तै पनि मैले उहाँहरुको सम्मानका लागि मैले रकम प्रदान गरेको हुँ’ उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !