१५ बैशाख २०८१, शनिबार

४ नम्बर प्रदेशमा खुल्यो मुख्यमन्त्रीको कार्यालय


pradesh number 4

१८ माघ, पोखरा । प्रदेश नं ४ मा पहिलो बैठक अघि नै मुख्यमन्त्रीको कार्यालय स्थापना भएको छ । प्रदेश राजधानी पोखराको पार्दीस्थित निर्माणाधीन सीप विकास प्रशिक्षण केन्द्रको भवनमा बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना गरिएको हो ।

पुरोहितवाट पूजा तथा टिका ग्रहण गरेर मन्त्रालय सञ्चालनमा ल्याइएको हो । प्रदेशका प्रमुख सचिव तोकिएका क्षेत्रीय प्रशासक लक्ष्मणप्रसाद अर्यालले बिहीबार नै पद बहाली गरे । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सञ्चालन तथा अन्य तयारी गर्नेछन् ।

मुख्यमन्त्री कार्यालयको सचिव लालमणी ओझाले पनि पदबहाली गरेका छन् । दुई वटा मन्त्रालय बिहीबारदेखि नै खुलेको र केही दिनमै आर्थिक मामिला तथा योजना मन्त्रालय सञ्चालनमा आउने प्रमुख सचिव अर्यालले जानकारी दिए । ‘मन्त्रालय सञ्चालनमा आए पनि मुख्यमन्त्री तथा मन्त्रीहरु निर्वाचित नभएकाले प्रदेश सभा बैठक तथा मन्त्रालय सञ्चालन तयारीमा हामी जुट्ने छौं,’ प्रमुख सचिव अर्यालले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !