२ मंसिर २०८१, आइतबार

सरकारलाई रुकुम सदरमुकाम नसार्न सर्वोच्च अदालतको आदेश


सर्वोच्च अदालत

१८ माघ, काठमाण्डौ । देउवा सरकारले रुकुम पूर्व जिल्लाको सदरमुकाम सार्ने निर्णयलाई सर्वोच्च अदालतले रोकेको छ । बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो ।

सरकारले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटवाट उत्तरपुथामा सार्ने निर्णय गरेपछि सो निर्णय विरुद्ध अधिवक्ता गणेश हमालसहित तीन जनाले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । न्यायाधीश दीपक कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णय हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !