२३ पुस २०८१, मंगलबार

प्रदेश नम्बर ७ मा टुंगो लाग्यो सबै मन्त्रालय भवन


१७ माघ, कैलाली । प्रदेश मन्त्रालयका लागि प्रदेश नम्बर ७ को अस्थायी मुकाम धनगढीमा भवनको टुङ्गो लागेको छ । भवन व्यवस्थापन समितिको बैठकले ७ वटै मन्त्रालयका भवनहरुको टुङ्गो लगाएको हो ।

मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय धनगढीको रातोपुलमा निर्माण भइरहेको यातायात कार्यालयको भवनमा रहनेछ । सामाजिक विकास मन्त्रालय जिल्ला जनस्वास्थ्य कार्यालयको निर्माणाधीन भवनमा रहने भवन व्यवस्थापन समितिका सदस्य सचिव, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रवीन्द्र बोहराले बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय जिल्ला कृषि विकास कार्यालय कैलालीको भवनमा रहनेछ भने भौतिक पूर्वाधार विकास मन्त्रालय क्षेत्रीय सिञ्चाई निर्देशनालय कैलालीको भवनमा रहनेछ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय तारानगरमा रहेको क्षेत्रीय पशु सेवा तालिम केन्द्रको भवनमा रहनेछ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय क्षेत्रीय वन निर्देशनालयको भवनमा रहनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !