८ जेष्ठ २०८१, मंगलबार

अनेरास्ववियुद्वारा ‘विद्यार्थी शहिद पार्क’को शिलान्यास


students parti

१६ माघ, काठमाण्डौ । मंगलबार शहिद दिवसको अवसर पारेर अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा निर्माण गरिने ‘विद्यार्थी शहिद पार्क’को शिलान्यास गरिएको छ । काभ्रेको नमोबुद्व आयोजना नगरपालिका वार्ड नं ९ स्थित कुरगाउँमा उक्त पार्कको शिलान्यास गरिएको हो ।

शहिदहरुको सम्झनामा नेपालकै एक मात्र विध्यार्थी शहिद पार्क निर्माण गर्ने उद्देश्यले शिलान्यास गरिएको अनेरास्ववियुकी अध्यक्ष नविना लामाले जानकारी दिइन् । विभिन्न विद्यार्थी आन्दोलनमा शहिद भएका विद्यार्थी नेताहरूको शालिक पार्कमा राखिने बताइएको छ ।

विद्यार्थी आन्दोलनको इतिहासलाई सधैंका लागि जिबित राख्नेद उदेश्यले शहिद पार्क निर्माण गर्न लागिएको हो । कार्यक्रममा अनेरास्ववियुका पूर्वअध्यक्ष विश्वकान्त मैनाली र अध्यक्ष नवीना लामाले संयुक्त रूपमा पार्कको शिलान्यास गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !