१४ आश्विन २०८१, सोमबार

प्रदेश २ मा सरकार बनाउन अलमल


upendra-thakur

१६ माघ, काठमाण्डौ । दुई नम्बर प्रदेशमा मिलेर चुनाव लडेका राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम सरकार बनाउन भने अलमलमा परेका छन् । चुनाव सकिएको २ महिना बितिसक्दा पनि मुख्यमन्त्री र मन्त्रालय बाँडफाँडका विषयमा दुई दलवीच औपचारिक छलफलसमेत भएको छैन । बरु दुबैले वाम गठबन्धनसँग भने छुट्टाछुट्टै छलफल गरिरहेका छन् ।

आउँदो साता सबै प्रदेश सभाको पहिलो बैठक डाकिएको छ । तर प्रदेश दुई अहिलेसम्म मुख्यमन्त्री कुन दलको हुने टुंगो छैन । नेताहरुले राजपा र फोरमका शीर्ष नेताहरू राजधानीमा नभएकाले छलफल नभएको दाबी गरेका छन् । तर दुई दलवीच छलफल हुन नसक्नुको कारण यति मात्रै होइन ।

फोरम अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धनका नेतासँग पनि कुराकानी गरिरहेकाले अहिले नै दुई पार्टीको सरकार बन्छ कि बन्दैन भन्न सक्ने अवस्था नरहेको राजपाका एक नेताले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !