८ मंसिर २०८१, शनिबार

स्थानीय तहसँग मिलेर काम गर्न मन्त्री तुम्बाहाङ्फेको आग्रह


डा. शिवमाया तुम्बाहाङ्फे

काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ताप्लेजुङमा नवनिर्मित मालपोत र नापी कार्यालय भवनको आज उद्घाटन गरेकी छन् । मौसमका कारण सदरमुकाम फुङलिङका लागि जहाज उडान नभएपछि मन्त्रालयबाटै भर्चुअल माध्यमबाट उनले मालपोत र नापी कार्यालय उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा मन्त्री तुम्बाहाङ्फेले सरकारले मालपोत, नापी जस्ता कार्यालयलाई व्यवस्थित गर्दै सेवाग्राहीलाई सहज बनाउँदै लैजाने जानकारी दिए । उनले कर्मचारीलाई सेवामा रहँदा आफ्नो दायित्व नबिर्सन आग्रह गर्दै कानूनभन्दा बाहिर गएर कसैले केही गर्न नपाउने बताए ।

केन्द्रमा भूमि सम्बन्धी समस्या समाधान आयोग र जिल्लामा ७७ जिल्ला समिति गठन भएको दोहोर्याउदै स्थानीय तहसँग मिलेर काम गर्न उनले आग्रह गरे । आयोगमा मालपोत र नापीका प्रमुख पनि जिल्ला समितिमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !