बुटवल । नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले नेकपा विभाजन नभई केही नेता चोइटिएर गएको मात्र गएको बताएका छन् । नेकपा लुम्बिनी प्रदेशले आयाेजना गर्न लागेकाे बृहत जनसभालाई सम्बाेधन गर्दै पौडेलले सो कुरा बताएका छन् । प्रचण्डले पार्टी कब्जा गरेर देश कब्जा गर्न खोजेकोले पार्टी विभाजनको संघारमा पुगेको बताएका छन् ।
पौडेलले पार्टी विभाजन भएको नभई पार्टी, देश र जनताको हित नचाहने केही षडयन्त्रकारी तथा विभाजनकारी स्वार्थी व्यक्तिहरू चोइटिएर गएको बताए । नेकपा विभाजन नभएको तर केहि स्वार्थी मान्छेहरु किनारा मात्र लागेको उनले बताएका छन् । केहि जंगली मानसिकता भएका षडयन्त्रकारी तत्वहरु किनारा लागेको समेत बताएका छन् ।
उनले बुटवलमा जुटेको जनमत पार्टी फुटेको छैन, पार्टी एक छ र ओली नेतृत्वमै छ भन्ने पुष्टि गरेको बताए । उनले पूर्वपार्टीको लिगेसीका कारण केही नेताहरूलाई अप्ठ्यारो परेको भए पनि अलमलमा नपरी र अप्ठ्यारो नमानी ओली नेतृत्वमा आउन आग्रह गरे ।
पौडेलले आगामी वैशाख १७ र २७ गते तोकिएकै समयमा निर्वाचन हुने भएकोले निर्वाचनको तयारीमा लाग्न आग्रह गरे । लुम्बिनी प्रदेशमा १७ गते निर्वाचन हुने भएकोले त्यही अनुसार लाग्न उनले आग्रह गरे । उनले लुम्बिनी प्रदेशमा अघिल्लो निर्वाचन भन्दा धेरै स्थानमा चुनाव जित्नेसमेत दाबी गरे ।
केपी शर्मा ओलीले यसअघि नै नेकपाको नेतृत्व यूवामा हस्तान्तरण गर्ने भनेतापनि आगामी वैशाखमा हुने निर्वाचनमा ओली समूहले बहुमत हासिल गरेर फेरि एकपटक केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् ।
साथै वैशाखमा जसरी पनि निर्वाचन हुने भएकोले निवाचनको तयारीमा लाग्न समेत आम नेपाली जनतालाई आग्रह गरेका छन् । दुनियाको कुनै तागतले चुनाव रोक्न नसक्ने भन्दै उनले जनसभाबाट फर्केपछि गाउँ-गाउँमा टोलटोलमा चुनावको तयारीमा लाग्न निर्देशन दिए ।
यो पनि पढ्नुहोस्
प्रचण्डले पार्टी र देश कब्जा गर्न खोजेकोले नेकपा विभाजनको संघारमा पुग्यो : अर्थमन्त्री पौडेल
वैशाखपछि पनि फेरि एकपटक केपी ओली नै प्रधानमन्त्री : अर्थमन्त्री पौडेल