१५ असार २०८१, शनिबार

देशलाई आर्थिक अराजकतर्फ जान दिनुहुन्न : प्रचण्ड


prachanda

१५ माघ, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकता र समृद्धिका लागि नयाँ संकल्प गर्न आह्वान गरेका छन् । देशलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको भन्दै उनले आफूहरुले त्यस्तो हुन नदिने पनि प्रचण्डले बताए ।

सोमबार प्रेस सेन्टर महिला विभागले आयोजना गरेको कार्यक्रममा प्रचण्डले भने, ‘आर्थिक अराजकतर्फ जान दिनुहुन्न । त्यस्तो प्रयास भएको छ । अब बाहिर निकाल्ने वामले हो । वाम गठबन्धनले जनताका अगाडि गरेका प्रतिबद्धता पूरा गर्ने प्रतिवद्धता समेत उनले जनाए ।

देशलाई राजनीति स्थायित्व, सुशासन र समृद्धितर्फ लैजानु आवश्यक रहेको भन्दै प्रचण्डले त्यसका लागि सकारात्मक भूमिका खेलिदिन पत्रकारहरुलाई आह्वान पनि गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !