७ मंसिर २०८१, शुक्रबार

पक्राउ परेको ५ घण्टा नबित्दै रिहा भइन् रामकुमारी झाँक्री


रामकुमारी झाँक्री

काठमाडौं । बिहीबार दिउँसो १ बजे पक्राउ परेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । झाँक्रीलाई प्रहरीले साँझ रिहा गरेको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको बताए । झाँक्रीलाई प्रहरीले काठमाडौँको बुद्धनगरस्थित निवासवाट गिरफ्तार गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !