७ मंसिर २०८१, शुक्रबार

२ वर्षपछि हुने निर्वाचनमा केपी ओलीको जमाना जफत हुन्छ : पूर्वप्रधानमन्त्री खनाल


झलनाथ खनाल फाइल फोटो

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी २ वर्षपछि हुने निर्वाचनमा केपी शर्मा ओली समूहको नेकपाको जमाना जफत हुने बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत उक्त समूहले काठमाडौंको भृकुटीमण्डपमा गरेको विशाल आमसभामा बोल्दै उनले वैशाखमा निर्वाचन कुनै हालतमा हुननसक्ने र सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्ने विश्वास व्यक्त गरेका छन् ।

उक्त सभालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले सम्बोधन गर्नेछन् । प्रतिनिधिसभा विघटन भएसँगै त्यसको विरोधमा प्रचण्ड-नेपाल समूहले प्रदर्शन तथा सभा गर्दै आइरहेको छ ।

आज सभामा सहभागी हुन देशका विभिन्न स्थानबाट मानिस आएका छन् । यसअघि उक्त समूहले यही माघ ९ गते पनि राजधानीमा प्रदर्शन गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !