१३ बैशाख २०८१, बिहिबार

मदन भण्डारीको हत्या हुँदा नेतृत्वमा माधव नेपाल थिए : लेखराज भट्ट


लेखराज भट्ट

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मदन भण्डारीको हत्यामा जोडिएका अमर लामाको मृत्युबारे धेरै रहस्य रहेको बताएका छन् । भट्टले दरबार हत्याकाण्डको प्रतिवेदन जस्तै अमर लामा मारिएको प्रतिवेदन पनि सार्वजनिक नभएको बताए ।

प्रेस संगठन नेपालको सुदूरपश्चिम प्रदेश भेलामा बोल्दै भट्टले भने, ‘मदन भण्डारीको हत्यामा कहिँ न कहिँ षड्यन्त्रमा केपी ओलीको छ भनेर बाहिर हल्ला फिजाइएको थियो । पछि बुझ्दै जाँदा त त्यतिखेर नेतृत्वमा त माधव नेपाल हुनुहुने रहेँछ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !