काठमाडौं । संसद विघटनको मुद्दामा सरकारको पक्षबाट अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले बहस गरिरहेका छन् । अधिवक्ता भट्टराईले लामो समय लिएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले बहस टुंग्याउन पटक-पटक आग्रह गरे ।
सुरुमा १५ मिनेट समय तोके पनि उनले ३१ मिनेट समय लिएका थिए । त्यसपछि जबरा रिसाएर भने, ‘भनेकै मान्नुहुन्न, हाम्रो बाध्यता बुझ्नुहुन्न ?’