५ जेष्ठ २०८१, शनिबार

देउवा सरकारले जनमतको खिल्ली उडायो : प्रचण्ड


prachanda

१३ माघ, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा सरकारले जनमतको खिल्ली उडाएको टिप्पणी गरेका छन् । सरकारको निर्णयहरुबारे एमालेले पत्रकार सम्मेलन गरेर व्यक्त गरेको धारणामा माओवादीको सहमति रहेको समेत बताए । माओवादी अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवा सरकारका पछिल्ला निर्णयमा नयाँ सरकारले पुर्नविचार गर्ने बताए ।

सरकारका पछिल्ला निर्णयमा एमाले गरम माओवादी किन नरम भयो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘त्यो दिन म नेपालगञ्ज र भैरहवामा थिए, केपी जीले पत्रकार सम्मेलन गर्नुपर्‍यो भन्नुभयो, म आउन ढिला भयो । तर, मैले जे कुरा भन्नु छ तपाईले भन्दा हुन्छ भनेर सहमति दिएकै थिए ।’ बाँदरमुढे घटनामा ज्यान गुमाएकालाई सहिद घोषणा गरेकोमा आपत्ति नभएको तर, कामचलाउ सरकारले अनावश्यक काम नगरेको राम्रो हुने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !