३ असार २०८१, आइतबार

एमालेका उम्मेदवार विरुद्ध कांग्रेस उम्मेदवारको उजुरी


emaale

१३ माघ, पोखरा । राष्ट्रियसभाको निर्वाचनमा अपांग कोटावाट एमाले उम्मेदवार रामबहादुर थापा विरुद्ध दिएका उजुरी परेको छ । स्याङ्जाका थापाविरुद्ध उनीसँगै प्रतिस्पर्धामा रहेका प्रकाश पन्थले उजुरी गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीमा थापाको अपांगता परिचयपत्रमाथि प्रश्न उठाउँदै उम्मेदवारी बदरको माग गरिएको छ ।

०५७ मा लिएको अपांगता परिचयपत्र थापाले पेस गरेको र पछिल्लो निर्देशिका अनुसारको नयाँ कार्ड नभएकाले पुरानोको मान्यता नहुने दाबी उजुरीमा गरिएको छ । ‘उजुरीका बारेमा शनिबार निर्वाचन आयोगले अन्तिम निर्णय गर्नेछ,’ क्षेत्रीय निर्वाचन अधिकारी तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयवाट अनुगमन अधिकृत तोकिएका गंगालाल सुवेदीले भने, ‘सबै कागजात केन्द्रमा पठाएका छौं ।’ थापा उम्मेदवार हुन पाउने/नपाउने विषयमा शनिबार केन्द्रले जानकारी पठाउने सुवेदीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !