१२ आश्विन २०८१, शनिबार

विपक्षी बेन्च बलियो बनाउन राधेश्यामलाई समर्थन


RADHESHYAM

१२ माघ, काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसका राधेश्याम अधिकारीलाई समर्थन गरेकोमा चर्को आलोचना भएपछि विवेकशील साझा पार्टीले स्पष्टीकरण दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गरी उसले छवि, अनुभव र प्रवुद्धताका हिसाबले तुलनात्मक रुपमा सक्षम रहेकाले अधिकारीलार्इ समर्थन गरेको बताएको छ ।

कांग्रेससँग दीर्घकालीन सहकार्य नभई राष्ट्रियसभा निर्वाचनका लागि मात्र सहकार्य रहेको भन्दै विवेकशील साझाले विपक्षी बेञ्च बलियो बनाउन उम्मेदवार मध्ये उपयुक्त विकल्पको रूपमा अधिकारीलार्इ रोजेको जिकिर गरेको छ । विवेकशील साझा पार्टीको प्रदेश ३ मा मात्र ३ जना मतदाता रहेका छन् । त्यहाँ कांग्रेेसले राधेश्याम अधिकारी र धना खतिवडालाई उम्मेदवार बनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !