२१ पुस २०८१, आइतबार

अब बन्ने सरकारले मधेसको विकासको लागि काम गर्नेछ: प्रचण्ड


prachanda

१२ माघ, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने सरकारले मधेसको विकासको लागि काम गर्ने बताएका छन् । शुक्रबार बिहान ललितपुर खुमलटारस्थित निवासमा राष्ट्रिय जनता पार्टी (राजपा) को विद्यार्थी संगठनका महासचिव चन्द्रभूषण साहसहित दर्जनौं केन्द्रीय सदस्यसहित विद्यार्थीहरूलाई पार्टी प्रवेश गराउँदै उनले मधेसलाई विगतमा गरिएका विभेदहरूको क्षतिपूर्ति वाम गठबन्धनको सरकारले विकास र समृद्धि गरेर दिने दाबी गरेका हुन् ।

जनयुद्ध र मधेस आन्दोलनलगायत जनआन्दोलनवाट देशमा गणतन्त्र स्थापना भएको र देशले संविधानसभामार्फत संविधान प्राप्त गरेकोले अधिकार प्राप्तिका लागि क्रान्तिको आवश्यकता नरहेको बताए । उनले भने, ‘मधेसी, महिला, मुस्लिम, उत्पीडितलाई जुन अधिकार दिने सपना थियो त्यो पूरा त हुन सकेको छैन । तर, त्यसका लागि क्रान्ति नै गरिहाल्नुपर्ने स्थिति छैन ।

शान्तिपूर्ण ढंगले नै संविधान संशोधनको माध्यमबाट बाँकी अधिकार प्राप्त गर्न सकिन्छ ।’ उनले संविधान नै गतिशील दस्तावेज भएकोले अब क्रान्ति भन्दापनि देशको विकासमा लाग्नुपर्ने अवस्था आएको बताए ।

studends party rajpa


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !