१२ माघ, काठमाण्डौ । सरकारले प्रदेश मन्त्रिप्ररिषद् तथा मन्त्रीको कार्यलयको प्रशासनिक सरंचना बनाएको छ । यसअनुसार पाँच विकास क्षेत्रका क्षेत्रीय प्रशासक प्रदेश मन्त्रिपरिषद् तथा मुख्य मन्त्रीको कार्यलयमा सचिवमा खटिएका छन् । प्रदेश १ र ५ मा भने सरकारले पठाएको हो भने काठमाण्डौ वाटै अन्य प्रदेशमा क्षेत्रीय प्रशासकलाई प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयको सचिवमा खटाएको छ ।
सरकारले प्रदेश १ मा यादव कोइराला र ५ नम्बर प्रदेश्मा शकंर पाठकलाई खटाएको छ । धनकुटाका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, प्रदेश २ को मुख्य मन्त्रीको कार्यालय जनकपुरमा, हेटौडाका क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे, प्रदेश ३ प्रमुखको मुख्यमन्त्रीको कार्यालय हेटौंडामा र पोखराका क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, प्रदेश ४ मुख्य मन्त्रीको कार्यालयमा सर्ने भएका छन् ।
यसैगरी सुर्खेतका क्षेत्रीय प्रशासक सुरेश प्रधान प्रदेश ६ को मुख्यमन्त्रीको कार्यलयमा जाने भएका छन । यसैगरी दिपायलका प्रशासक लक्ष्मीराज पौडेल प्रदेश ७ को मुख्यमन्त्रीको कार्यालय धनगढीमा सर्ने युवा तथा खेलकुदमन्त्री राजन केसीले बताए ।