५ जेष्ठ २०८१, शनिबार

ओलीलाई मोदीको फोन विशिष्ट सम्बन्धको संकेत हो : भारतीय राजदूत


manjiv sing

११ माघ, काठमाण्डौ । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले अब बन्ने नयाँ सरकारलाई जस्तोसुकै सहयोग गर्न भारत तयार रहेको बताएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको फोन विशिष्ट सम्बन्धको संकेत भएको बताए ।

रिपोर्टर्स क्लब नेपालमा बिहीबार आयोजित साक्षात्कारमा भारतीय राजदूत पुरीले भने, ‘भारत नेपालमा अब बन्ने नयाँ सरकारसँग सुमधुर र प्रगाढ सम्बन्ध राखेर जान चाहन्छ । यसको संकेत हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद गरेर देखाइसक्नुभएको छ । निर्वाचनपछि मोदीले तीनै दलका शीर्ष नेताहरुसँग टेलिफोन वार्ता गरेको स्मरण गर्दै उनले भने, ‘यो वीचमा दोहोर्‍याएर एमाले अध्यक्ष ओलीसँग टेलिफोनमा सम्वाद गर्नुभयो । यो पनि विशिष्ट सम्बन्धको संकेत हो ।’

वीरगञ्जमा देखिएको सीमा विवादबारे सोधिएको प्रश्नमा राजदूत पुरीले भने,’नेपाल र भारतबीच १९९८ मा सीमा सम्झौता भएको थियो र दुवै देशवीचका सबै सीमा नाकाहरुमा सीमांकन र स्टि्रप म्याप सबै बोर्डहरुमा त्यही अनुसार लागू हुन्छ भनिएको हो । संयुक्त सर्वेका अनुसार पिलरहरु निर्धारण गरिएको छ ।’ यसबारे दुवै सरकारबीच छलफल हुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !