६ बैशाख २०८१, बिहिबार

भरतपुरकी मेयर पिकनिक खान कतै गएकी होलिन् : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओली फाइल फोटो

चितवन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल पिकनिक खान कतै गएकी होलिन् भनेर टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले भरतपुरमा निर्माणधीन सिटी हल र ६ लेन सडकखण्डको शिलान्यास गरिसकेपछि चितवनको केन्द्रीय बस टर्मिलनमा हुने बृहत आमसभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आज भरतपुरमा निर्माणधीन सिटी हल र ६ लेन सडकखण्डको शिलान्यास कार्यक्रम भरतपुर महानगरपालिकाले बहिष्कार गरेको छ ।हिजो पत्रकार सम्मेलन गर्दै महानगरकी मेयर रेणु दाहालले आफूहरुको समन्वय बिना नै शिलान्यास गर्न लागिएको भन्दै कार्यक्रम बहिष्कार गर्न लागेको जानकारी दिएकी थिइन् ।

यसरी ओली समूह र प्रचण्ड समूहको जुँगाको लडाई स्थानीय तहसम्म देखिन थालेको छ । वर्तमान राजनीतिक परिस्थितिमा संसद् विघटन गर्नुपरेको बाध्यात्मक परिस्थितिबारे पनि सर्वसाधारणलाई प्रधानमन्त्रीले स्पष्ट पार्ने कार्यक्रमको उद्धेश्य रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीले गरे भरतपुर सिटी हलको शिलान्यास

प्रधानमन्त्री ओलीद्वारा पुल्चोक-गोन्द्राङ ६ लेन सडक स्तरोन्नतिको शुभारम्भ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !