८ मंसिर २०८१, शनिबार

खनालले गरे यस्तो खुलासा : निर्वाचन आयोग ओलीको छायाँमा, ओलीको मानसिक सन्तुलन ठिक छैन


झलनाथ खनाल

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन आयोगमाथि प्रश्न गरेका छन् । नेता खनालले निर्वाचन आयोगले बालुवाटारको छायामा रहेको टिप्पणी गरेका छन् ।

नेपका दुई समूहमा विभाजन भएसँगै दुवै समूहले पार्टीको आधिकारिकता दावी गरेपनि निर्वाचन आयोगले दुवै समूहलाई आधिकारिकता नदिने निर्णय गरेपछि नेता खनालले आयोग बालुवाटारको छायामा रहेको आरोप लगाए ।

हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा प्रस्तोता राजेन्द्र बानियासँग कुरा गर्दै नेता खनालले निर्वाचन आयोग ओलीले जे भन्यो त्यहि गरेको आरोप लगाए ।

नेता खनालले भने, “के निर्वाचन आयोग संविधानभन्दा माथि छ ? निर्वाचन आयोगले मनपरी गर्न पाइन्छ ? आयोगले गरेको निर्णय मान्य छैन ।”

मानसिक सन्तुलन गुमाएर ओलीले मनपरी बोल्दै आएको आरोप लगाए । ओलीलाई अस्पताल लगेर चेक गर्न समेत आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !