१५ असार २०८१, शनिबार

राष्ट्रियसभा चुनावबारे आयोग र प्रमुख दलहरुबीच छलफल


९ माघ, काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको विधि र प्रक्रियाका बारेमा राजनीतिक दलहरुलाई विस्तृत जानकारी गराएको छ । मंगलबार आयोगकै केन्द्रीय कार्यालय कान्तिपथमा सबै राजनीतिक दलहरुलाई बोलाएर राष्ट्रियसभा निर्वाचनको मतदान र मतगणनाका विषयमा विस्तृत जानकारी गराएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनलाई सहज ढंगले सम्पन्न गराउन सहयोग गर्न सबै राजनीतिक दलहरुसँग आग्रह गरे । उनले मतदाताहरुलाई मतदान गर्ने विधिबारे पनि दीक्षित गराउन सबै राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण गराए ।

माघ २४ गते बुधबार राष्ट्रियसभा निर्वाचनको मतदान हुँदैछ । मतदान कार्य २ दिनभित्र सम्पन्न गरिसक्ने निर्वाचन आयोगको योजना छ । प्रमुख निर्वाचन आयुक्त यादवले एकल संक्रमणीय र बहुमतीय दुवै प्रक्रियावाट मतगणना हुने भएकाले त्यसलाई सहज बनाउन पनि राजनीतिक दलहरुसँग आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !