संविधानको रक्षा गर्ने दायित्व कांग्रेसको काँधमा आएको छ : महामन्त्री डा. कोइराला Nepalpatra संविधानको रक्षा गर्ने दायित्व कांग्रेसको काँधमा आएको छ : महामन्त्री डा. कोइराला
२१ फाल्गुन २०७७, शुक्रबार

संविधानको रक्षा गर्ने दायित्व कांग्रेसको काँधमा आएको छ : महामन्त्री डा. कोइराला


डा. शशांक कोइराला

कैलाली । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कुनै पनि हालतमा नेपालको संविधानको रक्षा गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले चुनावमा जाने अथवा आन्दोलन गर्ने भन्ने दोधारमा कांग्रेस बस्न नहुने धारणा व्यक्त गर्नुभयो ।

“तेरो र मेरो नभनिकन सबै एक जुट भएर उभिनुप¥यो” महामन्त्री कोइरालाले भन्नुभयो, “आउँदो निर्वाचनमा नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन ।” उहाँले कांग्रेसको भविष्य उज्ज्वल रहेको तर यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !