![झलनाथ खनाल](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Jhalanath-khanal256.jpg?fit=1304%2C576&ssl=1)
काठमाडौं । । नेपाल कम्युनिष्ट पाटि (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिँदै नेकपामा को आधिकारिक हो सडकमा आएर हेर्न आग्रह गरेका छन् ।
काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले भने, ‘कुन पार्टी आधिकारिक हो ? सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता गर्न चाहन्छु ।’
ओलीले घुँडा टेक्नुको विकल्प नभएको वरिष्ठ नेता खनालले बताए ।