१२ असार २०८१, बुधबार

संसद विघटनको निर्णयले संवैधानिक ‘कु’भयो, सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक : कमल थापा


कमल थापा File Photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनवारे विवाद र फरकमत हुनु स्वाभाविक रहेको टिप्पणी गरेका छन् । अध्यक्ष थापाले प्रतिनिधिसभा विघटनको निर्णयले प्रतिगमन भएको बताए ।

अध्यक्ष थापाले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै प्रतिगमन भयो, संवैधानिक ‘कु’भयो,सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक रहेको बताए । अध्यक्ष थापाले विगत १४ बर्षको राजनीतिक अभ्यास, संविधानभित्रको अन्तर्विरोध, भ्रष्टाचार/कुशासनले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्न चिन्ह उठेको र यस्तो अवस्थामा ताजा जनादेश उपयुक्त रहेको बताए ।

अध्यक्ष थापाले लेखेका छन्, “प्रतिनिधिसभा विघटनवारे विवाद र फरकमत हुनु स्वाभाविक छ, तर विघटनको निर्णयले प्रतिगमन भयो, संवैधानिक ‘कु’भयो,सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक छ । बरु विगत १४ बर्षको राजनीतिक अभ्यास,संविधानभित्रको अन्तर्विरोध,भ्रष्टाचार/कुशासनले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्नचिन्ह उठेकोछ । यस्तो अवस्थामा ताजा जनादेश उपयुक्त हुन्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !