१२ असार २०८१, बुधबार

संसदीय दलमा देउवासँग भिड्दै प्रकाशमान


deuwaa

७ माघ, काठमाण्डौ । सातै प्रदेशका प्रदेशसभामा निर्वाचित सदस्यले आइतबार अस्थायी मुकाममा पद तथा गोपनीयताको शपथ लिन लागेको समाचारहरु विभिन्न पत्रपत्रिकाहरुमा उल्लेख छ । एमाले–माओवादी एकताका लागि पछिल्ला दिनहरुमा ती पार्टीका शीर्ष नेताहरुले सक्रियता बढाएका छन् । यो विषयलाई पनि आजका पत्रिकाहरुमा लेखेका छन् ।

कांग्रेस संसदीय दलको चुनाव हुन लागेको र पार्टी सभापति शेरबहादुर देउवासँग प्रकाशमान सिंह भिड्न लागेको पनि आजका पत्रिकाहरुमा लेखेका छन् । यसका अलावा स्थानीय तहमा १५ हजार कर्मचारी करारमा भर्ना गर्न लागिएको, सातै प्रदेशमा सचिव खटिएको लगायत समाचारहरु आजका पत्रिकाहरुमा लेखेका छन् ।

‘नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनको खेमावाट महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कोषाध्यक्ष सीतादेवी यादव संसदीय दलको दाबेदार हुन्, ‘त्यसमध्ये पनि सिंह दाबेदार हुन् । संसदीय दलमा जित्ने अवस्था नभए महामन्त्री कोइराला उम्मेदवार नबन्ने मनस्थितिमा छन् । तर सिंह भने देउवाको प्रतिष्पर्धीका रुपमा आफूलाई उभ्याउनकै लागि भए पनि उम्मेदवार बन्ने सोचमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !