१३ आश्विन २०८१, आइतबार

राजधानी माग्नेहरुलाई धैर्य गर्नुपर्ने प्रदेश प्रमुख सुब्बाको अपील


doctor govinda subba

६ माघ, काठमाण्डौ । प्रदेश १ का प्रमुख डा. गोविन्द सुब्बाले आफ्नै जिल्लामा प्रदेशको राजधानी होस् भन्ने जनताको चाहनालाई अन्यथा भन्न नसकिने बताएका छन् । तर, केही दिन धैर्य गर्न आग्रह गरेका छन् । सुब्बाले भने, ‘चाहना व्यक्त गर्नु पनि पर्छ । तर, आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्न भएन । हिंसात्मक घटना घटाउनेतिर लाग्नु हुँदैन ।’

अहिले तोकिएको राजधानी अस्थायी व्यवस्था मात्र गरिएको भन्दै उनले प्रदेशसभाले निर्णय गर्ने बताए । प्रदेश प्रमुख सुब्बाले भने, ‘अलिक दिन धर्य रहेर शान्तिपूर्ण तरिकाले आफ्नो मागलाई अगाडि बढाइराख्नु भए हुन्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !