१२ बैशाख २०८१, बुधबार

आतंक मच्चाइरहेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न थप शक्ति मिलोस् : डा. भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौँ । जसपापा अध्यक्ष डा. बाबुराम भट्टराईले माघी/माघे संक्रान्ति/मकर संक्रान्तिको शुभकामना व्यक्त गरेका छन्। डा. भट्टराईले नेपाल र छिमेकका प्राय: सबै जाति/समुदायले उत्साहसाथ मनाउने सांस्कृतिक पर्व माघी/माघे संक्रान्ति/मकर संक्रान्तिको उपलक्ष्यमा सबैमा सुखशान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

आज सामाजिक संजाल ट्वीटरमा एक स्टाटस लेख्दै डा. भट्टराईले यस बर्ष कलियुगको भष्मासुरको रूपमा उदय भएको र आतंक मच्चाइरहेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न थप शक्ति मिलोस् भन्दै शुभकामना दिएका हुन्।

डा. भट्टराईले लेखेका छन् “नेपाल र छिमेकका प्राय: सबै जाति/समुदायले उत्साहसाथ मनाउने सांस्कृतिक पर्व माघी/माघे संक्रान्ति/मकर संक्रान्तिको उपलक्ष्यमा सबैमा सुखशान्ति र समृद्धिको हार्दिक शुभकामना । यस बर्ष कलियुगको भष्मासुरको रूपमा उदय भएको र आतंक मच्चाइरहेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न थप शक्ति मिलोस्!”

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !