सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल सूमहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिस्ट आन्दोलनमा गद्दारी गरेको टिप्पणी गरेका छन् । नेता भट्टराईले ओलीले आफनो व्यक्तिगत स्वार्थका लागि कम्युनिस्ट एकतामाथि नै गद्दारी गरेको आरोप लगाएका हुन् ।
आज सुर्खेतको वीरेन्द्रनगमा प्रचण्ड–नेपालको भेलालाई सम्वोधन गर्दै नेता भट्टराईले भने, “ओलीले व्यक्तिगत स्वर्थका लागि कम्युनिस्ट आन्दोलनलाई नै विभाजन गर्न खोजेका छन्, इतिहासमा यस्ता नेता आउँछन् जान्छन् । कमरेड ओलीलाई यादहोस्, हिजो केशरजंग रायमाझीले गद्दारी गर्दा कम्युनिस्ट आन्दोलन झनै एकताबद्ध भएको थियो । तपाईंको नेताले गद्दारी गर्छ र, त्यसैलाई जिन्दावाद भन्दै हिड्ने तपाईं कस्तो युवा ?’