१२ आश्विन २०८१, शनिबार

ओली र दाहालवीच बालकोटमा भेटवार्ता


oli and prachanda

५ माघ, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीच शुक्रबार ओली निवास बालकोटमा ३ घण्टा वार्ता भएको छ । विहीबारमात्रै थाइल्याण्डवाट उपचार गरी फर्किएका ओलीलाई भेट्न दाहाल दिउँसो १ बजे बालकोट पुगेका थिए ।

भेटमा कार्यदलले राष्ट्रियसभा गठनका बिषयमा दिएको प्रतिवेदनमा व्यापक छलफल भएको र त्यसलाई आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रुप दिने निर्णय भएको ओलीको निजी सचिवालयले जनाएको छ । ओलीका प्रेस संयोजक चेतन अधिकारीले प्रदेश सरकार गठन र पार्टी एकताका बिषयमा दुई अध्यक्षबीच छलफल भएको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !