७ जेष्ठ २०८१, सोमबार

सर्वोच्च अदालतले संविधान संशोधन गर्‍यो भने संविधान कागजको खोस्टो बन्छ : प्रवक्ता श्रेष्ठ


नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले संविधानअनुसार फैसला गर्ने बताएका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा बोल्दै प्रवक्ता श्रेष्ठले सर्वोच्चले संविधान संशोधन गर्ने गरी फैसला गर्‍यो भने संविधान नै कागजको खोस्टामा परिणत हुने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई अझै पनि सच्चिने अवसर रहेको भन्दै प्रवक्ता श्रेष्ठले भने “अदालतलाई संविधान संशोधन गर्ने अधिकार दिइएको छैन, संविधानअनुसार फैसला लिने हो । मृत्युपछि मेरो सम्पत्ति दिनेछ भनेर बकपत्र गरेको छ भन्दैमा मारेर दिन मिल्छ ? ”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !