काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर इतिहासकै ठुलो गल्ति गरेको टिप्पणी गरेका छन् । पुर्वमन्त्री समेत रहेका नेता पुनले ओलीले चलेका कदम असंवैधानिक, जनविरोधी, निरंकुश र लोकतन्त्र विरोधी रहेको बताए ।
जनता समाजवादी पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पुनले भने, “ओलीले चलाएको यो कदम एकदमै इतिहासमा गल्तिको रुपमा आएको छ ।”