७ पुस २०८१, आइतबार

मन्त्री डा. शिवमाया तुम्बाहाङ्फे भन्छिन्, “प्रदेशसभा पनि विघटन हुनसक्छ”


डा. शिवमाया तुम्बाहाङ्फे

विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताएकी छन् । मन्त्री डा. तुम्बाहाङ्फेले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुन अनुसार प्रदेशसभा विघटन हुन सक्ने सम्भावना रहेको बताइन् ।

आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले प्रदेशसभा सञ्चालन र विघटनको अधिकार प्रदेशमा रहेको बताइन् । ‘तोकिएको मितिमा चुनाव हुन्छ, त्यसका लागि आवश्यक सबै तयारी हुदैछ। चुनाव हुने विषयमा शंका नगर्दा हुन्छ ।’ मन्त्री तुम्बाहाङ्फेले भनिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !