६ जेष्ठ २०८१, आइतबार

गृहमन्त्रीद्वारा थपलियाको स्वास्थ्यावस्थाबारे जानकारी


रामबहादुर थापा File Photo

भरतपुर । गृहमन्त्री रामबहादुर थापाले वाग्मती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलियाको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ । कोभिड–१९ सङ्क्रमणसंँगै निमोनियाका कारण बिरामी पर्नुभएका थपलियाको अवस्था बुझ्न गृहमन्त्री थापा चितवन मेडिकल कलेज पुग्नुभएको हो ।

भेटमा गृहमन्त्री थापाले थपलियाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै केहीबेर कुराकानी गर्नुभएको थियो । उहाँले थपलियाको उपचारमा संलग्न चिकित्सकसँग पनि उहाँको पछिल्ला स्वास्थ्यवस्थाबारे जानकारी लिनुभयो ।

कोरोना सङ्क्रमण भएको एक हप्तापछि रिपोर्ट नेगेटिभ आए पनि थपलिया एक महिनादेखि अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको छातीमा अझै समस्या देखिएकाले अस्पतालमै राखेर उपचार गरिएको छ । गृहमन्त्री थापा आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा) चितवनले भरतपुरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न यहाँ आउनुभएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !