काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले ओली सर्वसत्तावादी शासक बनेको बताएकी छन् । संसद् विघटनको विरोध सभामा बोल्दै नेतृ शाक्यले ओलीले जनताले गरेको आन्दोलन र संविधानको अपेक्षा पूरा गर्न नसकेको आरोप लगाइन् ।
नेतृ शाक्यले भनिन्, ‘जनताको शक्तिको अगाडि राजसंस्था त टिकेन भने केपी ओली कहाँ टिक्छ ? केपी ओली आज कामरेड बन्नुभएन, सामन्ती शासक बन्नुभयो, सर्वसत्तावादी शासक बन्नुभयो । जनताको अधिकार खोस्ने शासक बन्नुभयो ।’