१ मंसिर २०८१, शनिबार

वामपन्थीको नेतृत्वमा संविधान परिष्कृत गर्छाैंः झलनाथ खनाल


Jhalanath-khanal

२ माघ, काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने बताएका छन् । अनेरास्ववियूद्वारा आयोजित दुईदिने काठमाडौँ उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले समय परिस्थितिअनुसार संविधानलाई परिष्कृत गर्दै लैजाने बताए ।

नेपालको सीमांकन अझै नटुंगिएकोमा दुःख व्यक्त गर्दै पूर्वप्रधानमन्त्री खनालले भने, ‘सन्धि सम्झौताले हाम्रो यो सिमाना भन्न सक्छौँ । तर अझै पनि सुस्ता र कालापानीजस्ता धेरै ठाउँमा सीमा विवाद छ’, उनले भने, ‘अब ती सिमाना कूटनीतिक रुपमा समाधान गर्नुपर्छ ।’

कार्यक्रममा पोलिटब्यूरो सदस्य विन्दा पाण्डेले ‘महिला आन्दोलन’ र बुद्धिजीवी खगेन्द्र प्रसाईंले ‘आजको सन्दर्भमा मार्क्सवादको आवश्यकता’ विषयमा प्रशिक्षण दिएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !