१५ असार २०८१, शनिबार

निर्वाचन आयोगले ५ दललाई परामर्शका लागि बोलायो


२ माघ, काठमाण्डौ । निर्वाचन आयोगले प्रमुख पाँच दलका शीर्ष नेताहरुलाई परामर्शका लागि बोलाएको छ । राष्ट्रियसभा निर्वाचन प्रक्रिया र व्यवस्थापनबारे छलफल गर्न राष्ट्रिय पार्टीका नेताहरुलाई बोलाइएको आयोगले जनाएको छ । राष्ट्रियसभा निर्वाचन माघ २४ मा हुँदैछ ।

मतदाता नामावली सार्वजनिक ७ गते गर्ने कार्यतालिका छ । ५ गतेभित्र प्रदेश प्रमुख नियुक्त नभए राष्ट्रियसभा निर्वाचनको समग्र कार्यतालिका नै प्रभावित हुन सक्ने आयोगको चेतावनी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !