८ पुस २०८१, सोमबार

प्रचण्डकै दबाबमा कानुनविपरीत राप्रपा विभाजन गरिदिएको भन्दै कमल थापाले भने, ‘राप्रपाकै नियति भोग्न नपरोस्’


प्रचण्ड, कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रचण्ड-माधव समूहले पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा पुग्दा आफूले जस्तो नियति भोग्न पर्ने संकेत गरेका छन्। अध्यक्षद्वय पुस्पकमल दाहाल र मावधकुमार नेपालले निर्वाचन आयोगमा पुग्दा आफूले राप्रपा विभाजनको घटना सम्झिएको भन्दै उनले आशङ्का व्यक्त गरेका हुन् ।

तत्कालीन समयमा निर्वाचन आयोगले प्रचण्डकै प्रत्यक्ष दबाबमा विनासनाखत कानुनविपरीत राप्रपा विभाजनको घोषणा गरिदिएको आरोप लगाउँदै उनले अहिले प्रचण्ड-माधव समूहलाई त्यस्तै हुनसक्ने संकेत गरे । शनिबार बिहान अध्यक्ष थापाले फेसबुकमा लेखेका छन्, ‘तत्कालीन प्रम प्रचण्डको प्रत्यक्ष दबाब र प्रभावमा त्यसवेला विनासनाखत कानुनविपरीत आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो । प्रचण्डले त्यही नियति भोग्नु नपरोस । मेरो शुभकामना छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !