७ मंसिर २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा ५ जना मन्त्रीहरु नियुक्त, यी हुन् नयाँ मन्त्रीहरु


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेर ५ जना नयाँ मन्त्रीहरु नियुक्त गरेका छन् । यसअघि रिक्त मन्त्री पदमा आज शुक्रबार प्रधानमन्त्री ओलीले नयाँ मन्त्रीहरु नियुक्त गरेका हुन् ।

नयाँ नियुक्त भएका मन्त्रीहरुमा टोपबहादुर रायमाझी ऊर्जा मन्त्री, प्रभु साह श्रममन्त्री, मणि थापा पर्यटनमन्त्री, दावा लामा शिक्षामन्त्री र  गौरीशंकर चौधरी खानेपानी मन्त्रीको जिम्मेवारी दिने बुझिएको छ ।

साह केही दिनअघिसम्म प्रचण्ड-नेपाल समूहको बैठकमा सहभागी भएतापनि उक्त समूहको पार्टीमा प्रचण्ड र माधव नेपाल दुई अध्यक्ष भएपछि उनले त्यसको विरोध गरेका थिए ।

साथै प्रधानमन्त्री ओली साँझ ६ बजेका लागि डाकिएको मन्त्रिपरिषद् बैठक २ घण्टा पर सारेर ८ बजेका लागि बोलाइएको छ । बालुवाटार स्रोतका अनुसार नयाँ मन्त्रीहरूलाई पनि बैठकमा सहभागी गराउन बैठक सारिएको बुझिएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजे सपथग्रहण कार्यक्रम राखिएको छ । नयाँ नियुक्त भएका मन्त्रीहरुमा पूर्वमाओवादीका नेताहरुले प्राथमिकता पाएका छन् । प्रचण्ड-नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिएपछि खाली रहेका ती मन्त्रालयहरुमा नयाँ मन्त्रीहरु नियुक्त गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !