७ मंसिर २०८१, शुक्रबार

किन निर्वाचन आयोग पुगे प्रचण्ड-नेपाल समूहका नेताहरु ?


निर्वाचन आयोग

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघर मण्डलाबाट जुलस भई रहेको छ भने जमलमा प्रहरीले जुलुसलाई हस्तक्षेप गरेको छ ।

निर्वाचन आयोग परिसर क्षेत्रमा निषेधित क्षेत्र भएको भन्दै प्रहरीले रोकेपछि प्रचण्ड-नेपाल समूहका शीर्ष नेताहरु मात्र आयोग पुगेका छन् । औपचारिक रुपमा विभाजनको नजिक पुगेको नेकपामा ओली समूह र प्रचण्ड-नेपाल समूहको विचमा शक्ति प्रदर्शन गर्ने क्रम जारी रहेको छ ।

यसले गर्दा नेपालको समग्र राजनीति अन्यालोमा परेको छ । यी दुवै समूहको भविष्य के अव के हुन्छ भन्ने बारेमा निर्वाचन आयोग र संवैधानिक इजलाशमा सुनुवाइवाट आउने नतिजाले केहि दिनभित्र देखाउनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !