६ जेष्ठ २०८१, आइतबार

जनताले चाहेको स्थिरता समाप्त पार्न खोल्ने प्रचण्ड-नेपाल समूहलाई समाप्त पार्न मध्यावधि निर्वाचन रोजेको हो : गृहमन्त्री थापा


रामबहादुर थापा File Photo

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले मध्यावधि निर्वाचन घोषणा अग्रगमन भएको बताएका छन् ।

ओली समुहमा लागेका गृहमन्त्री थापाले प्रतिक्रान्तिलाई सहयोग गर्न केही नेताहरु गुटबन्दी गर्दै चोइटिएर जान खोजेको बताए । उक्त बैठकमा बोल्दै गृहमन्त्री थापाले टुक्राउन खोज्नेहरु सफल हुन खोजेको बताए । त्यसलाई प्रचण्ड-माधव कमरेडहरुले सहयोग गरेको गृहमन्त्री थापाले बताए । जनताले चाहेको स्थिरता समाप्त पार्न खोल्नेहरुलाई समाप्त पार्न मध्यावधि निर्वाचन रोजेको गृहमन्त्री थापाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु