१२ बैशाख २०८१, बुधबार

अन्ततः शेरबहादुर तामाङ र उषाकला राईले छाडे प्रधानमन्त्री ओलीको साथ


शेरबहादुर तामाङ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षमा देखिएका छन् । मंगलबार केपी शर्मा ओली नेतृत्वको समूहको बैठकमा सहभागी भएका तामाङ र राई बिहीबार भने दाहाल-नेपाल समूहले बबरमहलमा डाकेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन आएका छन् ।

उषाकला राईले अध्यक्ष ओलीले केन्द्रीय सदस्यमा मनोनीत गरे पनि आफूले उक्त पद अस्वीकार गरेको बताएकी छिन् । राई प्रदेश एककी प्रदेशसभा सदस्य हुन् भने तामाङ संघीय सांसद् हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !