७ मंसिर २०८१, शुक्रबार

देउवा ओलीसँग लागेपछि पौडेलले बोलाए आफ्नो पक्षका नेताहरूको छुट्टै भेला, को-को भए उपस्थित ?


शेर बहादुर देउवा र रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षका नेताहरूको छुट्टै भेला बोलाएका छन् । संसद विघटनको पक्षमा रहेका नेता पौडेलले सडक आन्दोलनमा जानुपर्ने पक्षमा रहेका नेताहरुलाई बोलाइएको स्रोतले बतायो ।

स्रोतका अनुसार भेलामा महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, गगन थापा तथा शेखर कोइराला लगायत उपस्थित छन् । जारी केन्द्री समिति बैठकमा सभापति शेरबहादुर देउवा पक्षले आन्दोलनमा जाने कुराको विरोध गर्दै चुनावको तयारी गर्नुपर्ने बताएपछि पौडेलले बेग्लै भेला गरेको एक केन्द्रीय सदस्यले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !