११ आश्विन २०८१, शुक्रबार

गृहमन्त्री थापा समूहको भेला मन्त्री क्वार्टरमा, को-को सहभागी भए ?


रामबहादुर थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा समूहका नेताहरुले संसद विघटन प्रतिगामी कदम भएको बताएका छन् । थापाले सोमबार आफू निकट नेताहरुसंग छलफल गरेका थिए ।

छलफलमा पम्फा भुसाल, देव गुरुङ लगायत २० जनाभन्दा बढी नेता सहभागी थिए । भेलामा सहभागी सबैको एउटै स्वर थियो, ‘यो कदम प्रतिगामी हो, यसमा हामी मुकदर्शक भएर बस्न सक्दैनौं ।’ थापाले भने परामर्श गरेर निर्णय दिन्छु भनेको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !